आपतकालीन गर्भनिरोधक औषधि (आफ्टर पील)

आफ्टर पिल भनेको यौन हिंसा भएको वा गर्भनिरोध असफल भएको अवस्थामा (जस्तै कन्डम च्यातिएको) गर्भ रहनबाट जोगाउने एउटा उपय हो । यौन सम्पर्क भएको ७२ घण्टाभित्र यो औषधि सेवन गरेमा गर्भ रोक्न सकिनेछ । यो १००% सुरक्षित उपाय भने होइन, तर जति छिटो सेवन गर्यो त्यतिनै प्रभावकारी हुन्छ ।
चिकीत्सकको प्रेस्क्रिप्सन बिना पनि फार्मेसीबाट करिब ७५०० येनमा किन्न सकिन्छ ।
क्लिनिक वा अस्पतालबाट पनि किन्न सकिन्छ ।
उमेरको कुनै सीमा कायम गरिएको छैन, र अभिभावकको सहमति पनि आवश्यक पर्दैन ।
यो स्वास्थ्य बीमामा समावेश छैन (आफ्नै खर्चमा उपचार)
केहि अवस्थामा भने परिचयपत्र आवश्यक पर्न सक्छ ।











